पर्सा, १६ मंसिर ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले जिल्लाभर लागुऔषध नियन्त्रण अभियानलाई झनै प्रभावकारी र कडाइका साथ अघि बढाएपछि लगातार सफलताहरू दर्ज भइरहेका छन्। अपराध नियन्त्रण, युवालाई लागुऔषधबाट जोगाउने तथा समाजमा शान्ति–सुरक्षा स्थापित गर्ने उद्देश्यले चलाइएको उक्त अभियानअन्तर्गत प्रहरीले ठूलो मात्रामा गाँजा सहित गाडी र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको छ।
१०४ किलोभन्दा बढी गाँजा बरामद
मिति २०८२।०८।१५ गते, अन्दाजी ४ बजे,
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, पर्साबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको गस्ती टोलीले
पर्सा पर्टवा सुगौली गा.पा.–०२, रंङगपुर टाडी टोलमा चेकजाँचका क्रममा ठूलो सफलता हात पारेको हो।
मनवा दिशाबाट रंङगपुरतर्फ आउँदै गरेको
B AB 2398 नम्बरको मारुती सुजुकी गाडीलाई शंका लागी रोकेर चेकजाँच गर्दा,
गाडीको पछाडिको भागमा प्लास्टिकका १० बोरामा राखिएको १०४ किलो ३२५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा व्यापारिक रूपमा तस्करी गर्न लागेको प्राथमिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
पक्राउ परेका व्यक्तिहरू
१. भिम स्याङताङ, वर्ष ३२
- स्थायी ठेगाना: मकवानपुर, भिमफेदी गा.पा.–८, धर्के महाबिर टोल
- भूमिका: गाडी चालक
२. कुमार स्याङताङ, वर्ष ३८
- स्थायी ठेगाना: मकवानपुर, गडी गा.पा.–१, आपटार टोल
- भूमिका: सवारीमा सह–यात्री
उनीहरू दुवैलाई गाडी सहित नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका छन्।
लागुऔषध दुव्र्यसनले समाजमा पार्ने असर
१. अपराधमा वृद्धि
• चोरी, लुटपाट, हिंसा, तस्करी तथा आपराधिक समूहमा संलग्नता बढ्दै जानु।
• नशालु पदार्थ खरिद–बिक्री गर्ने गैरकानुनी नेटवर्कको विस्तार।
२. सामाजिक विकृति वृद्धि
• समाजमा असुरक्षा, अविश्वास र डरको वातावरण सिर्जना।
• युवा पुस्तालाई गलत बाटोतर्फ धकेल्दै सामाजिक संरचना कमजोर बनाउनु।
३. युवा पुस्तामा गम्भीर असर
• मानसिक तनाव, चिन्ता, डिप्रेसन, क्रोध, अस्थिरता र अन्य मानसिक समस्या।
• पढाइमा कमजोरी, ध्यान केन्द्रित गर्ने क्षमता ह्रास।
• आत्महत्या जोखिममा वृद्धि तथा सामाजिक अलगाव।
अभियानलाई अझ प्रभावकारी बनाउँदै पर्सा प्रहरी
लागुऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै,
एसपी सुदिप राज पाठकको नेतृत्वमा पर्सा प्रहरीले पछिल्लो समय समन्वित, प्राविधिक तथा सूचनामूलक ढंगले निगरानी प्रणालीलाई बलियो बनाएको छ।
यसै क्रममा पटक–पटक ठूलो परिमाणमा लागुऔषध बरामद भइरहनु आफैँमा अभियान प्रभावकारी रहेको संकेत हो।
