पर्सा, मंसिर २७।
पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ सौरहामा करिब ५० जना युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।
उक्त अवसरमा सम्पन्न भेलाबाट स्थानीय अगुवा अशोककुमार कानुको अध्यक्षतामा बुथ समिति गठन गरिएको छ भने स्थानीय प्रभावशाली युवा अभय शर्माको अध्यक्षतामा बुथस्तरीय युवा दस्ता गठन गरिएको जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिए।
कार्यक्रममा जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, वीरगन्ज महानगर उपाध्यक्ष निराजन कुशवाहा, युवा दस्ता तथा जेन्जी जनमत संघका जिल्ला अध्यक्ष मनोज साह, उपाध्यक्ष रोशन पाण्डे, युवा दस्ताका महानगर संयोजक अजित सिंह, युवा दस्ता सदस्यहरू आशु सिंह, सुमित सिंह, मन्जय शर्मा लगायतको उपस्थिति रहेको थियो।
भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सरार्फले अबको नेतृत्व युवा पुस्तामा पुस्तान्तरण हुनुपर्नेमा जोड दिए। उनले वडा तहदेखि प्रतिनिधिसभासम्म युवाहरू जनप्रतिनिधि बनेर देश र समाजको नेतृत्व लिनुपर्ने बताए। साथै, जहाँ भ्रष्टाचार, अनियमितता तथा जनताको काममा हेलचेक्र्याइँ हुन्छ, त्यस्ता स्थानमा युवा दस्ता २४ घण्टा स्वयंसेवकका रूपमा सहयोग र खबरदारी गर्न तत्पर रहने स्पष्ट पारे।
