बारामा मोटरसाइकल दुर्घटना : चालकको अवस्था गम्भीर, काठमाडौं रिफर

समाचार

बारा, २९ जेठ – बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित वीरगञ्ज–पथलैया सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।

बारा प्रहरीका अनुसार जेठ २८ गते राति करिब ८ः३० बजे पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.३५ प ४९७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा मोटरसाइकल चालकको टाउको, अनुहार, हात तथा खुट्टामा गम्भीर चोट लागेको थियो। घाइतेलाई तत्काल उद्धार गरी एलएस न्युरो अस्पताल, परवानीपुरमा उपचारका लागि लगिएको थियो।

अनुसन्धानका क्रममा घाइते चालक पर्साको वीरगञ्ज महानगरपालिका–६ रेशमकोठी निवासी ५४ वर्षीय सरोज गुभाजु रहेको खुलेको प्रहरीले जनाएको छ। उपचारमा उनका भाइ राजकुमार गुभाजु संलग्न रहेका छन्।
प्रहरीका अनुसार गुभाजुको स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जेठ २९ गते साँझ बीएनबी अस्पताल, काठमाडौं रिफर गरिएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *