बारा, असार २ । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आफ्नै घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अन्दाजी ५० वर्षीय सोभालाल चौधरी रहेका छन्। प्रहरीका अनुसार मंगलवार बिहान करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतमा पिसाब फेर्ने क्रममा अचानक लड्दा उनको टाउको र मुखमा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते चौधरीलाई तत्काल कोल्हवीस्थित तामागढी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान ४ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे अस्पतालबाट प्राप्त जानकारीपछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी सहायक निरीक्षक कलम नारायण यादवको नेतृत्वमा टोली खटिएको थियो। हाल घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ।
मृतकको शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।
