जनकपुरधाम,९ भदौ । मधेस प्रदेशमा रहेको नेपाल एपीएफ ठाकुदेवी–जोगेन्द्र भगत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले विद्यालयको निरीक्षण गर्दै व्यवस्थापन समिति पदाधिकारी तथा शिक्षकहरूसँग छलफल गर्नुभएको छ।
निरीक्षणका क्रममा डीआईजी भट्टले विद्यालयको समग्र शैक्षिक अवस्था, भौतिक पूर्वाधार, विद्यार्थीको पठनपाठन तथा विद्यालयको व्यवस्थापन पक्षबारे जानकारी लिनुभएको थियो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन कायम तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षक, व्यवस्थापन समिति र सम्बन्धित पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।
छलफलमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरूले विद्यालय सञ्चालन, शैक्षिक गतिविधि, विद्यार्थीको आवश्यकता तथा विद्यालयको विकासका विषयमा आफ्ना धारणा राखेका थिए।
विद्यालयको नियमित निरीक्षण तथा सरोकारवालासँगको छलफलले शैक्षिक वातावरण थप प्रभावकारी बनाउन तथा विद्यालयको व्यवस्थापन सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
