१० वर्ष कैद सजाय तोकिएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार

वीरगञ्ज,२२ भदौ  । जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा निवासी ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेका छन्।

नामथर वतन परिवर्तित २०७७/०७८ (प्र.) को जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी अखिलेश साह तेली रहेको मुद्दा नं. ०७७-C1-०४०६, लगत नं. ५९१८ को जबरजस्ती करणी मुद्दामा उनलाई १० वर्ष कैद सजाय तोकिएको थियो। सजाय तोकिएपछि उनी फरार रहेका थिए।

विशेष सूचनाका आधारमा २०८३ भदौ २० गते दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारी, पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका साह तेलीलाई आवश्यक कानुनी कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *