वीरगञ्ज, २ असोज। पर्सा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा उत्पादन तथा बिक्री–वितरणका लागि राखिएको १ हजार २०० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको जनाएको छ।
प्रहरीका अनुसार अवैध घरेलु मदिरा उत्पादन तथा कारोबार नियन्त्रण गर्ने अभियानअन्तर्गत खटिएको प्रहरी टोलीले मदिरा बरामद गरेको हो। बरामद गरिएको घरेलु मदिरा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले अवैध घरेलु मदिराको उत्पादन, ओसारपसार तथा बिक्री–वितरणले जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पार्ने भन्दै त्यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
पर्सा प्रहरीले अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण भइरहेको पाइएमा तत्काल प्रहरीलाई जानकारी गराउन समेत सर्वसाधारणलाई आग्रह गरेको छ।
