एक वर्षदेखि हराएकी धादिङकी महिला भारतको मुजफ्फरपुरबाट उद्धार, बुबाको जिम्मा

समाचार

वीरगञ्ज,२ असोज  । विगत एक वर्षदेखि सम्पर्कविहीन रहेकी धादिङकी एक महिलालाई जिल्ला प्रहरी कार्यालय पर्साले भारतको मुजफ्फरपुरबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ।

धादिङको नीलकण्ठ नगरपालिका–८ बाट २०८२ असोज ४ गतेदेखि हराइरहेकी ती महिलाको खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मानव सेवा आश्रम तथा भारतीय प्रहरीसँग समन्वय गरेको थियो।

समन्वय र खोजतलासपछि महिलालाई २०८३ भदौ २७ गते भारतको मुजफ्फरपुरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धारपछि आवश्यक प्रक्रिया पूरा गरी उनलाई नेपाल ल्याइएको थियो।

प्रहरीका अनुसार २०८३ असोज २ गते महिलालाई उनका बुबाको जिम्मा लगाइएको हो। लामो समयदेखि हराएकी छोरी सकुशल फेला परेपछि परिवारमा पुनर्मिलन भएको प्रहरीले जनाएको छ।

यस घटनाले हराएका व्यक्तिको खोजी तथा उद्धारमा नेपाल प्रहरी, मानव सेवा आश्रम र भारतीय प्रहरीबीचको समन्वयको भूमिका महत्वपूर्ण हुने देखाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *