जितपुर प्रहरीको सक्रियतामा ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ

समाचार

बारा,२ असोज ।

बाराको जितपुरमा प्रहरीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा १ ग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ असोज २ गते दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले जितपुरसिमरा उपमहानगरपालिका–७, गढीमाई मन्दिर नजिकै बायाँ सडकको सर्भिस लेनमा चेकजाँच गरेको थियो।

सो क्रममा शंकास्पद अवस्थामा रहेका पर्सा, वीरगञ्ज महानगरपालिका–३१ निवासी २० वर्षीय दिपु राउत कुर्मीलाई जाँच गर्दा उनको गोजीबाट कालो प्लास्टिकमा प्याक गरिएको करिब १ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

ब्राउन सुगर बरामद भएपछि कुर्मीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय जितपुर, बारामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *