विरगञ्ज रक्सौलबीच पुलबाट चेकपोस्ट हट्दा यात्रुलाई सहज

समाचार

 

पर्सा २९ फागुन । देशकै आर्थिक नगरी वीरगञ्ज–रक्सौलबीच मितेरी पुलबाट चेकपोष्ट हटेसँगै आवतजावत गर्ने यात्रुलाई सहज भएको छ। गत असोजदेखि स्थापना भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को चेकपोस्ट सोमबारदेखि हटाइएसँगै यात्रुलाई सहज भएको हो।

तेस्रो मुलुकबाट आउने नागरिकको निगरानी गर्ने भन्दै एसएसबीले गत असोज ३ गतेदेखि मितेरी पुलमा चेकपोस्ट खडा गरेको थियो। एसएसबीको केन्द्रीय निर्देशन अनुसार बिरगञ्ज नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनुपर्ने भएकाले चेकपोस्ट स्थापना गरिएको थियो।

एसाएसबिको चेकपोष्टको कारण पुलको बाटो सांघुरो भएकाले आवतजावत गर्न यात्रुहरूलाई सास्ती भएपछि  चेकपोस्ट हटाउने निर्णय गरिएको एसएसबीका अधिकारीहरूले बताएका छन्।

चेकपोस्ट स्थापनाले नेपाली यात्रुलाई सास्ती भएको जनगुनासो बढेपछि स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र नागरिक समाजका अगुवाहरूले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको  ध्यानाकर्षण समेत गराएका थिए। एसएसबीका जवानहरूले केहीदिन अघी नेपाली युवकसँग दुर्व्यवहार गरेपछि पोस्ट हटाउने दबाब  बढेको थियो।

दुवै देशका सुरक्षा अधिकारी बीच केहीदिन अघि भएको छलफल पछि चेकपोस्ट हटाईएको बिरगंजका सुरक्षा अधिकारीले बताएका छन्।

दुईदेशबीच सदियौं देखि चलेको बेटी रोटीको सम्बन्धलाई मध्यनजर गर्दै हाल मितेरी पुलबाट चेकपोस्ट हटाउने निर्णय गरिएको भारतीय प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *