सुदूरपश्चिमका नजिर मियाँ प्रदेश प्रमुख नियुक्त

राजनीति समाचार

धनगढी, २९ फागुन । सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। नेकपा एमालेका नेता तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य नजिर मियाँ सुदूरपश्चिमका नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन्।

उनी अर्घाखाँची जिल्लाका हुन्। मियाँ नेपाल मुस्लिम ईत्तेहाद संगठनका पूर्व अध्यक्षसमेत हुन्।

मन्त्रीपरिषदको आज बसेको बैठकले नेपाली काँग्रेसका बाजुराका नेता देबराज जोशीलाई सुदूरपश्चिमको प्रदेश प्रमुखबाट हटाएको हो। निर्वतमान प्रदेश प्रमुख जोशीको सुदूरपश्चिमको कार्यकाल भने निर्विवाद रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *