बसको ठक्करबाट दाङमा साइकल यात्रीको मृत्यु

समाचार

दाङ, २९ फागुन । दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

बुटवलबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिँदा लमही नगरपालिका–४ निवासी ४० वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको हो।

उनको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। साइकलमा घर फर्कँदै गर्दा लमही नगरपालिका–३ वनगाउँनजिक पौडेललाई बसले ठक्कर दिएको थियो।

घाइते पौडेललाई उपचारको लागि लमही अस्पताल पुर्‍याइएको थियो। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *