बारा, साउन ११ ।बाराको परवानीपुर गाउँपालिका–५ नौतनस्थित रहेको ऋषभ आलय स्टोरमा पेट्रोल हालेर मोटरसाइकल स्टार्ट गर्ने क्रममा अचानक आगलागी हुँदा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ।
बारा प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३:३० बजे ना २२ प ८८०७ नम्बरको मोटरसाइकलमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा अचानक आगो लागेको हो। आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै पेट्रोल हाल्ने एक थान डिस्पेन्सर पनि जलेर क्षति पुगेको प्रहरीले जनाएको छ।
आगलागी भएको करिब १० मिनेटपछि स्थानीय बासिन्दा, फायर एक्स्टिङ्गुइशर तथा प्रहरीको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक निरीक्षक राजदेव यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
आगलागीपछि मोटरसाइकल चालक फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।
