दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीको विशेष सचेतना अभियान, एसपी बस्नेतद्वारा प्रत्यक्ष अन्तरक्रिया

समाचार

पथलैया,१२ साउन । दुई पाङ्ग्रे सवारी चालकहरूको सुरक्षा, सडक अनुशासनको प्रवर्द्धन तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरिरहेको जनचेतनामूलक अभियान अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले विशेष सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र बहादुर बस्नेतले मोटरसाइकल तथा स्कुटर चालकहरूसँग प्रत्यक्ष संवाद गर्दै सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, हेल्मेटको अनिवार्य प्रयोग, तीव्र गति नियन्त्रण तथा जिम्मेवार चालकको भूमिकाबारे जानकारी गराउनुभयो।

उहाँले सडक सुरक्षा सरकार वा प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालनाले दुर्घटना न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

नेपाल प्रहरीले देशभर सञ्चालन गरिरहेको यस अभियानमार्फत चालकहरूमा ट्राफिक सचेतना अभिवृद्धि गरी सुरक्षित, अनुशासित र जिम्मेवार सडक संस्कृतिको विकास गर्ने लक्ष्य राखिएको छ।
“सुरक्षित यात्रा, जिम्मेवार चालक र अनुशासित सडक हाम्रो साझा दायित्व।”

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *