बारा प्रहरीद्वारा भन्सार छलिएका प्याज र ३० लाख बराबरको विभिन्न अबैध समान सहित ट्रक पक्राउ ।

समाचार

रसीद आलम,बारा, १९ पुस।

जिल्ला प्रहरी कार्यालय बाराले चेकजाँचको क्रममा भन्सार छलिएका अबैध प्याज र ३० लाख बराबरको विभिन्न खुद्रा किराना समानहरु सहित ट्रक नियन्त्रणमा लिएको छ।

पुस १७ गते राती ११:३० बजेको समयाम प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा सर्लाहीबाट पोखरा जादै गरेको ग १ ख ९९१३ नम्बरको यात्रुबाहक बसलाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा कम स्रोत खुलाउन नसकेको तथा भन्सार छलिएका रु.७२ हजार बराबरको अबैध प्याज नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ.(डिएसपी )दधिराम न्यौपाने जनाएका छन् ।

बारा प्रहरीका अनुसार पुस १८ गते राती ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकमा  वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना.८.ख.२३५२ नम्बरको मिनि ट्रकलाई रोकी चेक जाँच गर्दा स्रोत खुलाउन नसकेको तथा भन्सार छलिएका बजार मुल्य रु. ३० लाख बराबरको खुद्रा किराना आईटमका विभिन्न समानसहित ट्रकलाई बारा प्रहरीले नियन्त्रणमा लिईएको हो।पक्राउ गरिएको ट्रकको सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी कार्वाही भईरहेको डिएसपी न्यौपानेले जानकारी गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *