बिरगंजमा प्रतिबन्धित भारतीय रूपैयाँसहित एकजना पक्राउ

समाचार

पर्सा, ५ साउन ।  वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको ३ सय ६४ थानमा रहेको १ लाख ८२ हजार भारतीय रूपैयाँसहित भारत बिहार राज्य बैशाली ग्राम दाउदनगर-२ बस्ने ३८ वर्षीय मन्जय रामलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *