बिरगंज ,११ पुस ।
वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरका कृषक हरेन्द्र यादवको मेहनतका साथ उब्जाइएको धानबालीमा पुष ७ गते बिहान भएको आगजनीप्रति जनता समाजवादी पार्टी (जसपा) वीरगंज महानगर कार्यसमितिले गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा मानो रोपेर मुरी भित्र्याउने समयमा धानबालीमा आगलागी हुनु दुःखद र अमानवीय घटना भएको उल्लेख गर्दै, दोषीलाई कडा कानुनी कारबाहीको माग गरेको छ।
यस्तै, मिति २०८१ पुष ११ गते जसपा नेपालले पत्रकार सम्मेलनमार्फत पर्सा जिल्ला अध्यक्ष रामनरेस यादवद्वारा नेपाल सरकारका खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादवविरुद्ध लगाइएका आधारहीन आरोपको कडा विरोध गरिएको छ। विज्ञप्तिमा, बिना कुनै प्रमाण मनगढन्ते आरोप लगाउनु निन्दनीय रहेको र यस्तो प्रवृत्तिको प्रतिवाद गर्ने उल्लेख गरिएको छ।
पार्टीका अध्यक्ष इश्वरचन्द्र यादवद्वारा जारी विज्ञप्तिमा सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै, पीडित कृषक हरेन्द्र यादवको मेहनत र परिश्रमलाई सलाम व्यक्त गरिएको छ। पार्टीले कानुनी राज्यमा विश्वास गर्दै सत्यतथ्य सार्वजनिक हुने आशा समेत व्यक्त गरेको छ।
