रोनाल्डो र क्यान्सेलोको गोलमा पोर्चुगल विजयी

खेलखुद समाचार

काठमाडौं, १ मंसिर  । युइएफए युरोकप छनौट अन्तर्गत पोर्चुगलले अर्को जित हासिल गरेको छ ।

 

समुह जे मा रहेको पोर्चुगलले गएराती सम्पन्न खेलमा लिएचटेनस्टेइनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

 

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र जोअओं क्यान्सेलोले एक एक गोल गरेका थिए ।

 

युरोकप छनौटमा पोर्चुगलको यो लगातार नवौं जित हो । युरोकपका लागि यसअघि नै छनौट भएको पोर्चुगलको समुह जे मा ९ खेलमा २७ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

 

त्यस्तै लिएचटेनस्टेइनले भने ९ खेलमा सबै खेलमा हार बेहोरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *