उरुग्वेसँग हार्यो अर्जेन्टिना ,ब्राजिल माथि कोलम्बियाको २-१ को जित

खेलखुद बिदेश समाचार

काठमाडौँ, १ मङ्सिर । विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ ।

 

शुक्रबार बिहान दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

 

उरुग्वेको जितमा रोनाल्ड अराउजो र डरविन नुनेजले एक एक गोल गरेका थिए ।

 

यो गत बर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो ।

 

साथै विश्वकप छनौटमा पनि अर्जेन्टिनाको यो पहिलो हार हो । ५ खेलमा १२ अंक हासिल गरेको अर्जेन्टिना हारपछि पनि अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

 

त्यस्तै यो जितपछि उरुग्वे ५ खेलमा १० अंक हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

विश्वकप छनौट अन्तर्गतको खेलमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ ।

 

शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियाले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

 

कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरेका थिए । उनले खेलको ७५औं र ७९औं मिनेटमा गोल गर्दै कोलम्बियालाई महत्वपूर्ण जित दिलाएका हुन् ।

 

यसअघि ब्राजिलका लागि खेलको चौथो मिनेटमा नै गाब्रियल मार्टिनेलीले गोल गर्दै शुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले हार बेहोरेको थियो ।

 

दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको यो दोस्रो हार हो । अहिलेसम्म ५ खेलमा केवल ७ अंक बटुलेको ब्राजिल पाँचौं स्थानमा झरेको छ ।

 

त्यसैगरी कोलम्बियाको भने यो दोस्रो जित हो । ५ खेलमा ९ अंक बटुलेको कोलम्बिया अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *