बिरगंज:नक्कली नोट सहित दुई जना पक्राउ ।

समाचार

रसीद आलम,पर्सा ,१ मंसिर ।

बिरगंजमा नक्कली नोट सहित दुई जना मानिसहरूलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

पर्साको वीरगञ्ज म.न.पा.वडा नं.८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्ने क्रममा नक्कली नोटहरू दिएको आरोपमा कार्तिक २४ गते २ जना पक्राउ परेका छन् ।

पक्राउ परेका बाराको कलैया उ.म.न.पा.वडा नं.३ बस्ने वर्ष २५ को उमेश कुमार र पर्साको वी.म.न.पा.वडा नं.३१ कोनिया बस्ने वर्ष २४ को ऋषिलाल पटेलको साथबाट नेपाली नक्कली नोट रू.१००० दरका ३८ थान जम्मा रू.३८ हजार फेला परेको हुँदा सो नक्कली नोटहरू बरामद गरी निजहरुलाई नियन्त्रणमा लिइ खोटा चलन सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *