लागु औषध खैरो हिरोइन सहित एक जना पक्राउ : पर्सा प्रहरी ।

समाचार

रसीद आलम,पर्सा ,१ मंसिर ।

पर्सा प्रहरीले लागु औषध खैरो हिरोइन सहित एक जना मानिसलाई बिरगंजको गण्डक चौकबाट पक्राउ गरिएको जनाएको छ।

कार्तिक २८ गते साझ ७ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकमा वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको ना.२१ प ४५८६ नम्बरको मोटरसाईकललाई  चेकजाँच गर्ने क्रममा बाराको परवानीपुर गाउँपालिका वडा नं.४ बस्ने वर्ष ३५ को ध्रुव रामले मोटरसाइकलको लुकिङ ग्लासमा लगाएको कालो रंगको रबरको खोल भित्र सेतो प्लाष्टिकमा लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन ६ ग्राम ५०० मि.ग्राम फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए।

लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले जनाए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *