मन्त्री यादवद्वारा बेसीशहरमा सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन

समाचार

लमजुङ, चैत ७।

खानेपानी मन्त्री प्रदीप यादवले आज लमजुङ जिल्लाको बेसीशहरस्थित सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरेका छन्। उक्त आयोजना बेसीशहर नगरवासीहरूका लागि मात्र नभई समग्र रूपमा खानेपानी सेवा सुधारका लागि ऐतिहासिक कोशेढुंगा सावित हुने विश्वास उनले व्यक्त गरे।

मन्त्री यादवका अनुसार नेपाल सरकार, उपभोक्ता समिति तथा स्थानीय तहको सहकार्य, प्रतिबद्धता र समन्वयकै कारण यो आयोजना सफलतापूर्वक कार्यान्वयन गर्न सकिएको हो। अबको प्राथमिकता गुणस्तरीय व्यवस्थापन, उच्चस्तरीय सेवा तथा सर्वसुलभ दरमा स्वच्छ पानीको पहुँच सुनिश्चित गर्नु रहेको उनले बताए।

नेपाल सरकार सुलभ, सुरक्षित र दीगो खानेपानी सेवा उपलब्ध गराउने संकल्पका साथ अगाडि बढिरहेको उल्लेख गर्दै उनले आम नागरिकको साथ, समर्थन र सहकार्यबाट अझ प्रभावकारी योजना लागू गरिने प्रतिबद्धता व्यक्त गरे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *