पर्साको छपकैयामा बेवारिसे अवस्थामा भेटिएको २१ लाख बढीको अबैध सामान भन्सारमा बुझाइयो

समाचार

रसीद आलम,पर्सा, ४ बैशाख ।

पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ छपकैया गाउँमा भन्सार छलि गरी ल्याइएको २१ लाख १६ हजार १ सय रुपैयाँ बराबरको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

२०८१ साल चैत्र ३० गते भारतबाट अबैध रूपमा नेपालतर्फ ल्याई छपकैयाको गल्लीमा बेवारिसे अवस्थामा भण्डारण गरिएको अवस्थामा ती सामानहरू फेला परेका हुन्। बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले ती सामानहरू फेला पारी मिति २०८२ साल वैशाख ४ गते आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको हो।

बरामद गरिएका सामानहरूमा जुत्ता, चप्पल, काजु, मरिच र मानिसले प्रयोग गर्ने विभिन्न प्रकारका सामान्य औषधिहरू रहेका छन्।

सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी, सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले उक्त जानकारी दिएका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *