स्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित मोतिहारीका खान पक्राउ

समाचार

काठमाडौं, ११ मंसिर ।  काठमाडौं महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२-१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएकाे छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *