बिरगंजमा बिल बिजक भन्दा बढी खुद्रा,हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको २ वटा ट्रकहरू पक्राउ ।

समाचार

रसीद आलम।पर्सा ,चैत ८।

पर्सा प्रहरीले बिरगंजबाट बिल बिजक भन्दा बढी  खुद्रा,हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा दुईवटा ट्रकहरू नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू वीरगञ्जबाट नेपालगञ्जतर्फ लैजादै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको  प्रहरी टोलीले चैत ७ मा वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर  सडकखण्डबाट   ना.८ ख १६१३ र ना.६ ख ३८३१ नम्बरको ट्रकलाई चेकजाँच गर्दा विल बिजक संकास्पद देखिएको हुँदा सो ट्रकहरुलाई नियन्त्रणमा लिएको हो।

उक्त मालवाहक ट्रकभित्र लोड रहेका  खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरूको रू.एक करोड एघार लाख उनान्सय हजार उन्नचालीस  बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीका सूचना अधिकारी दिपक गिरिले जनाएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *