बारा:बिओपी बरैनियाद्वारा लाखौं मुल्य बराबरको अबैध समानहरु बरामद ।

समाचार

रसीद आलम,बारा,२९ मंसिर  ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाले भन्सार छली अवैध चोरी निकासी, पैठारीको विभिन्न सामनहरु बरामद गरेको जनाएको छ।

बीओपी बरैनियाले शुक्रबार बिहान करिब ११:२० बजेको समयमा बाराको विश्रामपुर गाउँपालिका-४ मुसहर्वा सीमा इलाकाबाट रु. १ लाख ०९ हजार २ सय बराबरको हार्ड्वयर तथा रु. १ लाख ४९ हजार बराबरको कपडा बरामद गरेको छ।

बिओपी बरैनियाका बिओपीपति सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमान्डमा बरामद गरिएको सो हार्ड्वेयर तथा कपडाको रु. २ लाख ५८ हजार २ सय बराबरको कुल मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बाराको मुसहर्वा सीमा ईलाकामा अवैध रुपमा भन्सार छलि २ जना ब्यक्तिहरुले टाउँकोमा बोकी भारतबाट थानको कपडा २ सय १४ मीटर, नेटको कपडा १ सय ५३ मिटर, लट्टू खेलौना १५ प्याकेट, मोबाईलको टेम्पर ग्लास ३४ थान तथा मोबाईल कभर १ सय ६६ पिस अबैध तरिकाले नेपालतर्फ ल्याउदै गरेको अवस्थामा बिओपी बरैनियाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिशम्बर पासवानको कमाण्डमा खटिएका ४ जनाको पैदल गस्ति टोलीलाई देखनसाथ उक्त सामानहरु सोही स्थानमा छाडी ब्यक्तिहरु साईकल लिई फरार भएको हुँदा उक्त सामानहरु नियन्त्रणमा लिईएको बीओपीपति सशस्त्र प्रहरी निरीक्षक थापाले बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक तोप बहादुर दाङ्गिको तस्करी नियन्त्रण अभियानलाई आत्मसात गर्दै आउने दिनहरुमा तस्करिलाई शुन्यकरण गरिने तथा यो भन्दा पनि थप कडाइका साथ तस्करी नियन्त्रण गरि भन्सार छली अवैध चोरी निकासी, पैठारीको विभिन्न सामानहरु भारी मात्रामा बरामद गरि भन्सार दाखिला गर्ने र नेपाल सरकारको राजस्व वृद्धिमा सहयोग गर्ने बिओपी बरैनियाको बिओपी पति सशस्त्र प्रहरी निरीक्षक दिपक थापाले प्रतिबद्धता जनाए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *