बिरगंज ,७ पुस।
पर्साको ड्राईपोर्ट परवानिपुर सडक खण्डमा मालवाहक ट्रक एक आपसमा ठोकिदा दुर्घटना भइ एक भारतीय चालक घाइते भएको जिल्ला ट्राफिक कार्यालय पर्साले जनाएको छ।

बिरगंज -१८ ड्राईपोर्ट परवानिपुर सडक खण्डमा पर्ने सिताराम चौक भवानीपुरमा शनिबार साझ ७:४५ मा ना ३ ख ९६८९ र बिआर ११ जिबि ५८५५ नम्बरको भारतीय ट्रक ओभरटेक गर्ने क्रममा एक आपसमा ठोकी दुर्घटना हुँदा एक भारतीय चालक घाइते भएको पर्सा ट्राफिकका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जनाएका छन् ।
प्रहरी निरीक्षक खतिवडाका अनुसार घाइते भारतीय चालक जिल्ला मोतिहारी मधुबनी थाना मघारा बस्ने वर्ष २४ को बिनय ठाकुरलाई अस्थायी ट्राफिक प्रहरी पोष्ट ड्राइपोर्टका ट्राफिक प्रहरी सहायक निरीक्षक बिरबहादुर यादवको कमाण्डमा खटिएका ट्राफिक प्रहरीले उद्दार गरि तराई हस्पिटलमा लगिएको बताए।
घाइते तराई हस्पिटलमा उपचाररत रहेको र निजको अवस्था समान्य रहेको तथा उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भैइरहेको प्रहरी निरीक्षक खतिवडाले जनाएका छन् ।
