रसीद आलम,पर्सा ,२५ बैशाख ।
बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेको ट्रकलाई बिरगंजमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा लगायतका मालबस्तुहरू बोकेको ट्रक विरगञ्जबाट हेटौडातर्फ लैजाँदै गरेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिदुर सिवाकोटीको कमान्ड मा खटिएको प्रहरी टोलीले बैशाख २४ गते वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट बा.प्र.०३-००१ ख ०३३२ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाएका छन् ।
पक्राउ परेका ट्रक र सो भित्र लोड रहेको लत्ताकपडा लगायतका मालबस्तुहरूको मुल्य रू.५२,३४,७१७।-(बाउन्न लाख चौतिस हजार सात सय सत्र) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।