संसद बैठकमै अमरेशकुमार सिंहले लुगा फुकाले,सांसद् सिंहको स्वास्थ्य परीक्षण गर्न माग

राजनीति समाचार

काठमाडौं, २५ वैशाख । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद बैठकमा लुगा फुकालेका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले बोल्न समय दिएनन् ।

यसपछि आफूले लगाएको लुगा फुकालेर विरोध जनाए । यसपछि सभामुख घिमिरेले बारम्बार उनलाई चेतावनी दिँदै सभ्य बन्न आग्रह गरे । सभामुख घिमिरेले असभ्य बोल्न र अशिष्ट व्यवहार नदेखाउन चेतावनी दिए । सभामुख घिमिरेको बारम्बारको चेतावनीपछि उनले लुगा लगाए ।

सांसद सिंहले लुगा फुकालेपछि एमालेका सांसदहरुले विरोध जनाए ।
प्रतिनिधिसभा बैठकमा लुगा फुकालेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य परीक्षण गर्न माग गरिएको छ ।

सभामुख देवराज घिमिरेले बोल्न समय नदिएको भन्दै लुगा फुकालेर विरोध जनाएका सिंहको स्वास्थ्य परीक्षण गर्न सांसद अच्युतप्रसाद मैनालीले माग गरेका हुन् ।

‘सभामुख महोदय, संसदमा जे गतिविधि देखापरेको छ, माननीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दछु । र मानन आतंक चलिरहेको यो सेरोफेरोमा म हात्ती आतंकको कुरा उठाउन खोजिरहेको छु,’ सांसद मैनालीले बैठकमा भने ।

सभामुख घिमिरेको बारम्बारको चेतावनीपछि सांसद सिंहले लुगा लगाएका थिए ।

 

तस्बिर स्रोत प्रतिनिधि सभा

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *