रसीद आलम ,बिरगंज ,१५ साउन ।
पर्सा प्रहरीले भन्सार छलिएका लाखौं मुल्य बराबरको लत्ताकपडा तथा खाद्यान्नका सामानहरू बरामद गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा विभिन्न स्थानहरुबाट ३ लाख ७० हजार बराबरको कपडा, खाद्यान्न तथा खुद्रा सामानहरू बरामद गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी दिपक भारतीले जनाएका छन् ।
पर्सा प्रहरीका अनुसार साउन ११ गते जिल्ला प्रहरी कार्यालय बाट खटिएका टोलिले वीरगञ्ज म.न.पा.वडा नं.०८ रेल्वे रोड सडकखण्डबाट रू. ४० हजार बराबरको ४८५ के.जी. चिनी बरामद गरेको छ।त्यस्तै , साउन १२ गते पर्साको वीरगञ्ज म.न.पा.वडा नं.०८ गहवा स्थित सडकखण्डबाट रू. १ लाख १० हजार बराबरको मिट मसाला ४ बोरा नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी गण्डकले साउन ११ गते वीरगञ्ज म.न.पा.वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डबाट रू. १ लाख ८० हजार बराबरको लेडिज कुर्ता सुरुवाल -७६ पिस, जिन्स कुर्ता – ६० पिस र स्टिलको कचौरा – २२४ पिस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी ईनर्वाबाट खटिएका टोलिले साउन १४ गते वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतज्यन्ती चोक स्थित सडकखण्डबाट ४० हजार बराबरको लेडिज कुर्ता सुरुवाल, प्लाजो, कुर्ता सेट, चुरा, चिनी र प्याज नियन्त्रणमा लिएको प्रवक्ता डिएसपी भारतीले जनाए।
