बारा:लाखौं मुल्य बराबरको प्याज सहित पिकअप पक्राउ।

समाचार

बारा,१ पुस ।

तस्करी गरि लयाएका लाखौं मुल्य बराबरको प्याज र सो प्याज लोड रहेको पिकअपलाई पथलैयाबाट पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

मंसिर २९ गते राती ११:०५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाराको मातहत प्रहरी चौकी पथलैयाबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१ स्थित पथलैया चोकबाट प्र.२-०४-००१ च ००८४ नम्बरको  पिकअप गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा पिकअपलाई रोकी चेक जाँच गर्दा बिल विजक भन्दा बढी लोड गरेको तथा बिल विजक सन्कास्पद रहेको २५०० किलो प्याजसहित गाडीलाई नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी )दधिराम न्यौपानेले बताएका छन्  ।

सो प्याजको अन्दाजी बजार मुल्य रु.१ लाख २५ हजार रहेको र उक्त सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी न्यौपानेले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *