बारा, चैत्र ३०। बारा जिल्लाको सीमावर्ती क्षेत्रमा प्रहरीले भन्सार छली गरी ल्याइएका अवैध सामानहरू बरामद गरेको छ।
चैत्र २८ गते राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय कवहीगोठ र प्रहरी चौकी अमृतगंजखजानीबाट संयुक्त रूपमा खटिएको गस्ती टोलीले सुवर्ण गाउँपालिका–१ सोलखपुर क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेका सामान नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार करिब रु. ४ लाख १७ हजार बराबरका सामान भन्सार छली गरी ल्याइँदै गरेको अवस्थामा फेला पारिएको हो। बरामद गरिएका सामानहरूमा:
१)SURYA LED TV – २० थान
२)SURYA ग्यास चुल्हा – २० थान
३)साडी – २४ थान
४)टर्च लाइट – ५ थान
उक्त सामानहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।
सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध कारोबार नियन्त्रणका लागि प्रहरीको निगरानी थप कडा बनाइएको समेत जनाइएको छ।
