सिमेन्ट माफियाविरुद्ध वीरगञ्जमा प्रदर्शन, ‘जनता मरेको मर्‍यै, सरकार हेरेको हेर्‍यै’ भन्दै सडकमा उत्रिए नेता रहबर अन्सारी

समाचार

वीरगञ्ज, फागुन १५ ।

सिमेन्ट कार्टेलिङ र भ्रष्टाचारविरुद्ध नेकपा माओवादी केन्द्रका नेता तथा मधेस प्रदेशका पूर्वमन्त्री रहबर अन्सारीको नेतृत्वमा वीरगञ्जमा विरोध र्‍याली सम्पन्न भएको छ। ‘जनता मरेको मर्‍यै, सरकार हेरेको हेर्‍यै’ भन्ने नारा लगाउँदै आयोजित सचेतना र्‍यालीमा ठूलो संख्यामा स्थानीयवासीको सहभागिता रहेको थियो।

नेता अन्सारीले सिमेन्ट माफियाहरूको लुटतन्त्र र भ्रष्टाचारविरुद्ध जनजागरण अभियान चलाउनुपर्ने आवश्यकता औंल्याउँदै माफियाहरूलाई कडा चेतावनी दिए। उनले भने, “अब कुनै पनि माफिया, कुनै पनि भ्रष्टाचारी सुरक्षित रहने छैन। सिमेन्ट माफियाहरू होसियार होओ! तिम्रा मनोमानीका दिन सकिँदैछन्!”

सडकबाट सुरु भएको यो आन्दोलन नरोकिने बताउँदै अन्सारीले जनताको समर्थनले माफियाविरुद्धको यो आँधीले परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *