कञ्चनपुरबाट प्रहरीमाथि अभद्र व्यवहार गर्ने नौ जना पक्राउ

समाचार

कञ्चनपुर, १२ माघ । कञ्चनपुरमा अभद्र व्यवहार गरेको आरोपमा नौ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१० बनगाउँ स्थित ललित चन्दले संचालन गरेको एसी लज एण्ड बारबाट नौ  जना आज (बिहीवार) पक्राउ परेका हुन्। सार्वजनीक स्थानमा होहल्ला गर्नुका साथै उनीहरुले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए। पक्राउ पर्नेमा भारत बनवासाका एनिस सिंह, अनिल चन्द, जय चन्द, सनेन्द्र भट्ट रहेका छन्।

यस्तै पक्राउ पर्नेमा सोहि ठाउँकै अनिल प्रसाद, रबि भट्ट, बिनोद कुमार, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का किसन चन्द र बाँके नेपालगन्जका माया खनाल रहेका छन्। सबैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पक्राश डाँगीले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *