२५ लाख बराबरको खुद्रा समान सहित ट्रक बारा प्रहरीको नियन्त्रणमा।

समाचार

रसीद आलम,बारा,२० माघ ।

बारा प्रहरीले २५ लाख बराबरको खुद्रा समान सहित एक ट्रकलाई पक्राउ गरेको  छ।

माघ १८ गते राति ११:५० को समयमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ स्थित पथलैया चोकमा वीरगंजबाट काठमाण्डौ जादै गरेको ना.३.ख.७३११ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा विल विजक सन्कास्पद रहेको तथा विलविजकको स्रोत खुलाउन नसकेकोले ट्रकलाई नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दधिराम न्यौपानेले जनाए।

रु.२५ लाख ७२ हजार ५ सय १६ रूपैया बराबरको खुद्रा समान लोड रहेको सो ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यलाय पथलैया पठाईएको डिएसपी न्यौपानेले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *