राैतहटमा खसीकाे मासु ९५० सम्म पाइने, बढीमा बिक्रि गरे ५१ हजार जरिबाना 

समाचार

रौतहट २० माघ। रौतहटको  जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा निर्धारित दर भाउ भन्दा बढीमा खसीको मासुको बिक्री गर्ने व्यवसायीलाई कार्वाही हुने निर्णय गरिएको छ।

 

बजार क्षेत्रमा केही व्यवसायीले मनपरी दरभाउमा खसीको मासु बिक्री गरेको पाइए पनि खसीको मासुको मूल्य निर्धारण गरिएको छ। स्थानिय खसीको मासु ब्यवसायी र उद्योग बाणिज्य संघ गरुडाको संयुक्त बैठकले खसीको मासुको दुईथरीको भाउ निर्धारण गरेको छ।

 

आन्द्रा भुँडी समेतको प्रतिकिलो खसीको ताजा मासु प्रतिकिलो ९०० रुपैयाँ र आन्द्रा भुँडी नभएको मासु प्रतिकिलो ९५० को दरले बिक्री गर्नु पर्ने निर्णय भएको छ। निर्धारित दर भन्दा बढी भाउँमा बिक्रि बितरण गर्ने ब्यवसायीलाई ५१ हजार रुपैयाँ जरिबाना गरिने उद्योग बाणीज्य संघ गरुडाका अध्यक्ष सतीश कुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

पछिल्लो समय गरुडा बजार क्षेत्र अन्तर्गत केही व्यवसायीले मनपर्दी भाउमा खसीको मासु बिक्रि गरिरहेको गुनासो बढेपछि संघले उक्त पहल गरेको हो । गरुडा बजार क्षेत्रमा खसीको मासुको भाउ निर्धारण गरिए पनि सदरमुकाम गौर, कटहरिया लगायतको बजारमा हुन सकेको छैन।

 

गतमा खसीको मासु प्रतिकिलो १ हजार रुपैयाँमा बिक्रि भईसकेको भएपनि पछिल्लो समय देशमा देखिएको आर्थिक तरलताको प्रभावले अहिले भाउ घटेको विजय मिट तथा कटीया हाउस कटहरियाका सञ्चालक विजय साहले बताएका छन।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *