काठमाडौं, २० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजिनामा दिएका छन् ।
बिमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन ।
गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजिनामा दिएका हुन । तर, उनले किन राजिनामा दिए ? भन्ने बारेमा कुनै कारण खुलिसकेको छैन् ।यद्यपि स्रोतका अनुसार चन्दले व्यक्तिगत कारण देखाउँदै शुक्रबार राजीनामा दिएका हुन्।
पछिल्लो समयमा बढदो सुन तस्करी तथा प्रहरी र अध्यागमन कर्मचारीका बिचमा भइरहेका असहमति र बिबाद देखा परेको थियो ।
उनको राजीनामा भने स्वीकृत भइसकेको छैन।
चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको छ ।