बारा :३५ किलो चरेस सहित दुई भारतीय नागरिक पक्राउ

समाचार

बारा, ३ फागुन । बाराबाट प्रहरीले लागूऔषध चरेससहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। ३५ किलो लागूऔषध चरेससहित दुई जनालाई बाराको अम्लेखगञ्जबाट प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अम्लेखगञ्जबाट खटिएको टोलीले बुधवार ३२ एनएम ४४७६ नम्बरको भारतीय कारकार चेकजाँच गर्ने क्रममा चरेससहित दुई जनालाई नियन्त्रणमा लिएका हो। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बैहराईच, थाना देहात कोतावाली नाजिरपुरा नई बस्ती  बस्ने साफिर अलि र कारमा सवार  सोही ठेगाना भएका मोहमद अबजाललाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

लुकाई छिपाई राखेको अवस्थामा खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा चरेस फेला परेको छ।

३५ किलो लागूऔषध चरेस, सिमसहितको दुई थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार समेतलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत आज म्याद थप गरेर अनुसन्धान तथा कारबाही अगाडी बढाइने प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *