रसीद आलम,बिरगंज ,८ चैत ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेका वडा प्रहरी कार्यालय बिर्ताले १५ लाख रुपैयाँ बराबरको भन्सार छलिएका विभिन्न अबैध समानहरु पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी को कमान्डमा खटिएका प्रहरी टोलीले अवैध रुपमा भारतबाट भंसार छली चोरी पैठारी गरी विरगंज बजार तर्फ ल्याउदै गरेका बिभिन्न किसिमका कपडा, चकलेट र प्याज लगायतका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद गरेको समानहरु आवश्यक कार्वाहीको लागि बिहीबार विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको वडा प्रहरी कार्यालय बिर्ताले जानकारी गराएको छ।

