बीरगंज, १७ चैत ।
चैत १५ गते देखी संचालित भईरहेको माध्यमिक विद्यालय स्तरिय परीक्षा एसईई-२०८० पर्सा जिल्लाको एक परीक्षा केन्द्रमा चरम लापरवाहीका कारण ४ जना परिक्षार्थीहरुको जिवन धरापमा परेको छ ।
पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. २०, हरपतगंजमा रहेको गोल्डेन वाटिका इंग्लिस बोर्डिङ स्कुल को परीक्षा केन्द्र बीरगंज महानगरपालिका वडा नं. १७, अलौंमा रहेको श्री द्वार देवी माध्यमिक विद्यालयमा छ । श्री द्वार देवी माध्यमिक विद्यालयको शिक्षक एवं सहायक केन्द्राध्यक्ष राकेश तिवारीले बिधार्थीहरुलाई सहयोग गरि दिन्छु भन्दै गोल्डेन वाटिकाका संचालक लालबाबु प्रसाद यादवलाई चैत १४ गते आफ्नै मोबाइल नम्बर ९८११२३१३८९ मार्फत प्रत्येक बिधार्थीको रु.१ हजार का दरले १४ जना बिधार्थीको रु.१४ हजार मांग गरेका आरोप गोल्डेन वाटिकाका संचालक लालबाबु प्रसाद यादवले लगाएका छन् ।
गोल्डेन वाटिकाका संचालक यादवका अनुसार पैसा दिन इन्कार गरेपछि निज तिवारीले प्रत्येक बिधार्थीलाई एउटा एउटा कोठामा राख्ने तथा परीक्षाको समयमा यातना समेत दिने धम्की दिएपछि संचालक यादवले द्वार देवीका प्रधानाध्यापक दया कान्त झालाई फोन मार्फत सबै कुरा जानकारी गराए तापनि पहिलो परीक्षाको दिन चैत १५ गते दुई जना विद्यार्थीहरुको सिट प्लानिङ्गमा सि. नं. नै नराखी गेटमा सि. नं. टासँ गरिएको थियो ।
यस घटना पछि यादवले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई फोनवाट सबै कुरा अवगत गराए पश्चात उनीहरुलाई सिट मिलाएर परीक्षा हलमा बसाइयो । त्यहीं दिन गोल्डेन वाटिका विद्यालयका नियमित तिरको चार जना विद्यार्थीहरुलाई अँग्रेजी बिषयको ग्रेडवृद्धि प्रश्नपत्र दिइएको थियो, अनि विद्यार्थीहरुले भन्दा यो हाम्रो प्रश्नपत्र होइन । हामीहरु नियमित विद्यार्थी होऊ तैपनि वहाँहरु प्रश्नपत्र नियमितको दिनु भएन त्यसै ग्रेडवृद्धिको प्रश्नपत्र बाट नै परीक्षा गराईएको कुरा बताएका छन् ।
त्यस पछि ती बिधार्थीहरुको अभिभावक गोल्डेन वाटिका विद्यालयमा ति प्रश्नपत्र सहित पुगे पछि अभिभावक सहित प्रमुख जिल्ला अधिकारी कहाँ पुगेर सबैकुरा अवगत गराएका थिए । तसर्थ उक्त परीक्षामा संलग्न शिक्षक राकेश तिवारी र प्रधानाध्यापक दायाकान्त झालाई आवश्यक कार्यवाही सहित ग्रेडवृद्धिको प्रश्नपत्रबाट परीक्षा दिन लगाएको तपसीलका विद्यार्थीहरुको पुनः परीक्षा दिने व्यवस्था मिलाई सहयोग गरिदिन हुन शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई, पर्सामा उजुरी समेत दिइएका छन् । दिईएका उजुरी यस प्रकार छ;

” GOLDEN VATIKA ENGLISHBOARDING SCHOOL PVT. LTD.”
birgunj Metropoline Harpatgunj, Parsa 9
श्रीमान् इकाई प्रमुख ज्यू, शिक्षा विकास तथा समन्वय इकाई वीरगंज, पर्सा ।
मितिः २०८०/१२/१६
विषय: आवश्यक कार्यवाही सम्बन्धमा
यस श्री गोल्डेन बाटिका ई. बो. स्कुल वीरगंज-२० पर्साको एस.ई.ई. २०८० सालको परीक्षाकेन्द्र श्री द्वार देवी मा.वि अलौमा कायम भएअनुसार त्यस विद्यालयको शिक्षक राकेश तिवारीले मलाई मिति २०८०/१२/१४ गते ९८११२३१३८९ फोन मार्फत भन्नुभयो। तपाई भेटनु भएन मैले भन्ने किन त तपाईको विद्यालयको परीक्षाकेन्द्र यहाँ छ। तपाईलाई पत्येक विद्यार्थी रु.१००० अक्षरेपी एक हजारको दरले खर्च गर्नुपर्छ । मैले भन्ने त्यो रकम म दिन सकिदैन त वहाँले भन्नु भयो कि तपाईको विद्यार्थीहरुलाई सहयोग गर्छु । मैले भन्ने त्यो रकम म दिन सकिदैन त वहाँले भन्नु भयो तपाईको विद्यार्थीहरुलाई प्रत्येक कक्षा कोठामा एक एक जनालाई राखिदिन्छु । अनि यातना गर्छु । मैले भने त्यस्तो गर्न मिल्छ । तपाईको पनि छोराछोरी होला तपाईको अनि वहाँले भन्नु भयो म त्यस्तै गर्छु । त्यसपछि म त्यहाँका प्रद्यानाध्यापक दयाकान्त झा सरलाई यो सबै कुरा फोनबाट अवगत गराए पश्चात पनि मिति २०८०/१२/१५ गते बस विद्यालयका २ जना विद्यार्थीहरुको सिट प्लानिङ्गमा सि.नं. नराखी गेटमा सि.नं. टासँगर्नु भयो सि.नं. नभएको विद्यार्थी गेटमा रुन काराउन थाले पछि वहाँको बुवा मलाई फोन गर्नु भयो मैले भन्ने राम्रो संग हेर्नु त्यस्तो नहुनुपर्ने पछि वहाँले मलाई फोटो खिचेर हवाट्स एपमा पठाउनु भयो मैले पनि राम्ररी हेरे तर छैन म फेरी त्यहाँका प्रद्यानाध्यापक दयाकान्त झा सरलाई फोन गरेर यो कुरा अवगत गराउदा वहाँले मानि नराख्नु भएका थिए । यस्तो भएछ त्यस पछि म प्रमुख जिल्ला अधिकारी सरलाई फोन बाट सबै कुरा अवगत गराए तत् पश्चात उनीहरुलाई सिट मिलाएर परीक्षा हलमा बसाउनु भयो। त्यहीं दिन यसै विद्यालयका ४ जना विद्यार्थीहरुलाई ग्रेडवृद्धि पूरानो प्रश्नपत्र दिनुभयो अनि विद्यार्थीहरुले भन्दा यो हाम्रो प्रश्नपत्र होइन । हामीहरु नियमित विद्यार्थी होऊ तैपनि वहाँहरु प्रश्नपत्र नियमित को दिनु भएन त्यसै ग्रेडवृद्धिको प्रश्नपत्र बाट परीक्षा गराउनु भए। परीक्षा समाप्त पछि विद्यार्थीहरु रुदै कराउँदै घर आए । अनि वहाँहरुको अभिभावक विद्यालयमा पुग्नु भयो त्यस पश्चात हामीहरु प्रमुख जिल्ला अधिकारी सर कहाँ पुगेर सबैकुरा अवगत गराए । अनि उत्त परीक्षामा शिक्षक श्री राकेश तिवारी र प्रधानाध्यापक श्री दायाकान्त झा सरलाई आवश्यक कार्यवाही सहित ग्रेडवृद्धिबाट परीक्षा दिन लगाएमा तपसील विद्यार्थीहरुको पुनः परीक्षा दिने व्यवस्था मिलाई सहयोग गरिदिन हुन अनुरोधछ ।”
श्री गोल्डेन बाटिका ई. बो. स्कुल
वीरगंज-२०, हरपतगंज
सो सम्बन्धमा श्री द्वार देवी माध्यमिक विद्यालयको शिक्षक राकेश तिवारी र प्रद्यानाध्यापक दयाकान्त झासंग फोन सम्पर्क गर्दा हो त्रुटि भएको छ तर त्यसमा हाम्रो सङ्गल्नता छैन बताएका छन् । फोन सम्पर्क गर्दाको अडियो रेकर्ड :
