रसीद आलम,बिरगंज,२६ चैत ।
सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको ६ लाख नगदसहित बिरगंज -१६ नगवाकी मालति देवि सोनारलाई पक्राउ गरेको जनाएको छ।
सोमबार दिउँसो ३ बजेको समयमा बिरगंज शन्कराचार्य गेटबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी सहायक निरीक्षक गजेन्द्र प्रसाद राउतको कमाण्डमा खटिएका टोलिले चेकजाँच गर्ने क्रममा बिरगंज महानगरपालिका-१६ नगवा बस्ने बर्ष ३६/३७ की मालति देवि सोनारलाई स्रोत नखुलेको ६ लाख नगदसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जानकारी गराएको छ।
भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको मालति देवि सोनारलाई खानतलासी गर्दा निजले लुकाई छिपाई राखिएको अवस्थामा रु.१००० दरको नोट ६०० थान जम्मा ६ लाख नेपाली रुपैयाँ बरामद भएकोले निजलाई पक्राउ गरि आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझाएको प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका डिएसपी सुरज रिजालले जानकारी दिए ।
