पर्सा ट्राफिकले दुई करोड भन्दा बढीका राजस्व उठायो, चेकजाँचमा कडाइ।

समाचार

रसीद आलम,बिरगंज ,१९ बैशाख।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले २ करोड भन्दा बढीका राजस्व संकलन गरेको छ

पर्सा ट्राफिकको प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाको सक्रियतामा जिल्ला भित्र विभिन्न शिर्षकमा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनलाई जरिवाना गरि २०८०/८१ मा २ करोड ३ लाख २२ हजार २ सय ५६ रुपैया राजस्व संकलन गरेको जनाएको छ।

पर्सा ट्राफिकले जिल्ला भित्र चेकजाँचमा कडाइ गर्दै नियम मिचेका सवारीलाई गल्तीको प्रकृति हेरि सम्झाउने बुझाउने देखि लिएर जरिवाना समेत गरिएको प्रहरी निरीक्षक खतिवडाले जनाए।

जिल्ला ट्राफिक प्रमुख खतिवडाको कमान्डमा ट्राफिक चेकजाँच कडा गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्साको सडक संजालमा दैनिक रुपमा सवारीसाधनको चाप बढ्दै जादा दुर्घटना पनि बढ्दै गएकोमा आर्थिक वर्ष २०८०/०८१ मा दुर्घटनाको संख्या केही कमि आएको छ । तर, सडक संजालहरु व्यवस्थित हुदै जादा तीव्र गतिका कारण दुर्घटनाहरु बढि हुने गरेका छन खतिवडाले बताए।

दुर्घटना न्यूनिकरणका लागि विभिन्न अभियानहरु समेत चलाउदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले यातयात व्यवस्थापनलाई प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना, सचेत र अन द स्पट कारवाही गर्दाको असरले सवारी दुर्घटनाको न्यूनीकरण मा आएको छ ।

जिल्लाको कार्यभार सम्हालेका प्रहरी निरिक्षक भाष्कर खतिवडा आएदेखि दुर्घटना मात्रै होइन, कारावाहीबाट राजश्व समेत बृद्धि भएको छ

पर्सामा भएका सवारी दुर्घटनाहरूमा धेरै चालकको लापरवाही र तिब्र गतिकै  कारण भएको अनुसन्धानले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार दुर्घटना हुनुका मुख्य कारण तिब्र गति,  चालकको लापरवाही र केही यात्रुको गल्ती, ओभरटेक, मापसे सेवन, ओभरलोडले भएका छन ।

पछिल्लो समय सडकमा बढ्दो सवारी चाप, सिमित बाटो, क्षमता भन्दा बढी यात्रु बोक्ने, सडकको अवस्था मौसमको कारण, र हरेक वर्ष सवारी साधनको संख्या वृद्धि हुदैं जानुले दुर्घटना हुने गरेको छ । दुर्घटना तथा त्यसबाट हुने क्षति न्युनिकरणका लागि बिभिन्न कार्य गर्दै आए तापनि सडक सञ्जाल बिस्तार संगै ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ खाएर सवारी चलाउनु चालकको लापरबाही, तिब्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दुर्घटना बढी रहेको छ ।

जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले बिना लाइसेन्स सवारी साधन चलाए, क्षमताभन्दा बढी यात्रु बोके, यात्रुबाहकमा सामान ओसार पोसार गरे, बिना कागजात सवारी चलाए जरिवाना गर्ने व्यवस्था भए अनुरुप कारवाही पनि गर्दै आएको छ । नियमविपरीत चलेका सवारीसाधनमाथि जिल्लाका विभिन्न ठाँउमा नियमित र छडके जाँच गर्न थालेपछि आर्थिक वर्ष २०८०/८१ मा हाल सम्मकै सबै भन्दा बढि राजश्व कारावाहीबाट असुल गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *