रसीद आलम,बिरगंज ,४ असार।
पर्सा प्रहरीले दुई करोड उनान्तीस लाख उनान्चालीस हजार छ सय सन्ताउन्न बराबरको हार्डवेयर, कपडा तथा खुद्रा सामानहरू लोड रहेको ३ वटा ट्रकहरू पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ आईसिपि गेट स्थित सडकखण्डबाट रू.२ करोड २९ लाख ३९ हजार ६ सय ५७ बराबरको हार्डवेयर, कपडा तथा खुद्रा सामानहरू बरामद गरि आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी गराएका छन् ।
चेकजाँचको क्रममा बिलबिजक सन्कास्पद देखिएकाले ना.३ ख ६९०५, ना.३ ख ५१६७ र ना.३ ख २६२० नम्बरको ट्रकहरू सो मालसामान सहित नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
