बिरगंज कारागारमा एक जना कैदीको मृत्यु ।

समाचार

बिरगंज ,२२ असार।

पर्सा स्थित बिरगंज कारागारमा एक जना कैदीको मृत्यु भएको खबर प्राप्त भएको छ।

मृत्यु हुनेमा बिरगंज-११ श्रीपुरका ३० वर्षीय अनिल कुमार महतो रहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान करिब १०/११ बजेको समयमा कारागारको मेसमा काम गर्ने क्रममा धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धान बाट अनुमान गरिएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।

पर्सा प्रहरीका अनुसार घटनाको खबर प्राप्त हुन् साथ  घटनास्थलमा तत्कालै प्रहरी टोली पुगि र आवश्यक अनुसन्धान कार्य अघि बढाइएको र मृतकको शरीरलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल बिरगंजमा पठाइएको हो।

महतो जवरजस्ती करणी मुद्दामा २०७५ सालदेखि बिरगंज  कारागारमा कैदीको रूपमा सजाय भोग्दै आएका थिए।

सो घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *