सशस्त्र प्रहरी पर्साद्वारा लागू औषध गाँजा सहित एक महिला एक पुरुष पक्राउ।

समाचार

रसीद आलम ,बिरगंज ,१४ साउन ।

सशस्त्र प्रहरी पर्साले लागू औषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ।

साउन १२ गते सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म भिखमपुरबाट खटीएको टोलिले जगरनाथपुर गा.पा.-२ दसौता बोर्डर ईलाकाबाट ४ किलो प्रतिवन्धित लागु औषध गाँजा सहित एक महिला एक पुरुष गरि दुई जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको बिआर २२ बिजे ३८९५ नम्बरको मोटरसाइकल र सो मोटरसाइकलमा सवार २ जना भारतिय नागरिकहरुलाई चेकजाँच गर्दा निजको झोलामा प्रतिवन्धित लागु औषध गाँजा भेटिएकोले निजहरुलाई मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *