पर्सा, २०८१ कार्तिक १।
जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकल चोरी अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। सखुवाप्रसौनी गाउँपालिका-१ का शिवदत्त दास थारूको नाममा दर्ता भएको नम्बर ना.५१ प ७४३५ को यामाहा एफजेड १५० सि.सि. मोटरसाइकल २०८१ असोज २५ गते साँझ ७ बजे घर अगाडि पार्किङ गरिएको अवस्थामा चोरी भएको थियो। यसबारे शिवदत्त दासले इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा उजुरी दिएपछि प्रहरीले खोजी थालेको थियो।
प्रहरीको टोलीले २०८१ असोज २८ गते साँझ ५ बजे पर्सागढी नगरपालिका-९ कोइलाभारमा मोटरसाइकल चलाइरहेका अभियुक्त सिद्धार्थ चौधरीलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछपछि चोरीमा संलग्न रहेका थप दुई व्यक्तिहरू विशाल दास थारु र पृतम कुमार महतोलाई पनि पक्राउ गरिएको छ। उनीहरूको साथबाट अन्य चार थान मोटरसाइकल पनि बरामद गरिएको छ।
पक्राउ परेका अभियुक्तहरू:
१) सिद्धार्थ चौधरी
उमेर: २१ वर्ष
ठेगाना: पर्सागढी नगरपालिका-९
पक्राउ मिति: २०८१ असोज २८
२) विशाल दास थारु
उमेर: २४ वर्ष
ठेगाना: पर्सागढी नगरपालिका-८
पक्राउ मिति: २०८१ असोज २८
३) पृतम कुमार महतो
उमेर: ३० वर्ष
ठेगाना: पर्सागढी नगरपालिका-२
पक्राउ मिति: २०८१ असोज २८
उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिएका छन् ।
