एक करोड भन्दाबढीका खुद्रा तथा विभिन्न किसिमका सामानहरू लोड रहेको २ वटा ट्रकहरू बिरगंजमा पक्राउ ।

समाचार

रसीद आलम,पर्सा ,१९ बैशाख ।

बिल बिजक भन्दा बढी खुद्रा तथा विभिन्न किसिमका सामानहरू लोड रहेको दुईवटा ट्रकहरूलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार  बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रकहरू विरगञ्जबाट पोखरा तथा काठमाण्डौतर्फ लैजाँदै गरेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको प्रहरी निरीक्षक बिदुर सिवाकोटीको कमान्डमा खटिएको प्रहरी टोलीले बैशाख १८ गते  वीरगञ्ज महानगरपालिका वडा नं.१६ घण्टाघर स्थित सडकखण्डबाट ना.३ ख ३९५० र ना.७ ख १६३१ नम्बरहरूको दुईवटा  मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा सो ट्रकहरुलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाएका छन् ।

उक्त पक्राउ परेका दुईवटै ट्रकहरु र सो भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूको रू.१,०६,००,०००।-(एक करोड छ लाख ) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *