प्रतिबन्धित लागु औषध गाँजा सहित एक जना मानिस पर्सामा पक्राउ ।

समाचार

रसीद आलम,पर्सा ,१९ बैशाख ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी गस्ती टोलीले बैशाख १७ गते बेलुका १२:३० बजेको समयमा ठोरी गाउँपालिका वडा नं.५ स्थित बास वन नजिक ३ जना व्यक्तिहरूले प्रतिबन्धित लागु औषध गाँजा बोकी हिँडिरहेको अवस्थामा खटिएको गस्ती टोलीलाई देख्ना साथ दुई जना व्यक्तिहरू बोकी ल्याएको गाँजा छाडी भागी फरार भएको र जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं.२ बस्ने वर्ष ५३ को वौद्ध सिंह घलानलाई  प्रतिबन्धित लागु औषध गाँजा ४६ के.जी. सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा आज पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाएका छन् ।

<span;> 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *