वीरगंज ल क्याम्पसका विध्यार्थीहरूको जिल्ला प्रहरी कार्यालय पर्सामा अवलोकन तथा अन्तरक्रिया

समाचार

पर्सा,  चैत १४।

वीरगंज ल क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान प्रक्रिया, हिरासत कक्ष, तथा विभिन्न शाखा र उपशाखामा सञ्चालन हुने दैनिक काम कारबाहीको अवलोकन गरेका छन्।

अवलोकन भ्रमणका क्रममा विद्यार्थीहरूले प्रहरी सेवासँग सम्बन्धित विभिन्न जिज्ञासाहरू राखेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रले विद्यार्थीहरूको प्रश्नहरूको उत्तर दिँदै, प्रहरीको दैनिक काम कारबाही, कानूनी प्रक्रिया, तथा प्रहरी र कानून व्यवसायीबीचको स्वच्छ तथा व्यावसायिक सम्बन्धको महत्वबारे जानकारी गराएका थिए।

यस अवसरले कानून संकायका विद्यार्थीहरूलाई प्रहरी प्रशासनको कार्यशैलीबारे व्यावहारिक ज्ञान प्राप्त गर्न मद्दत गरेको सहभागीहरूले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *