बारा,१४ चैत ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटिअर्वा नाकामा छड्के चेकजाँच गरेका छन्। अनुगमनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सार्वजनिक रूपमा भइरहेको तस्करीलाई नजरअन्दाज गरेको पाइएपछि प्रमुख जिल्ला अधिकारी अधिकारीले तत्काल दुई सुरक्षाकर्मीलाई निलम्बन गर्ने आदेश दिएका हुन्।
सीमावर्ती नाकामा भइरहेको अवैध तस्करीबारे अनुगमन गर्न उनले अचानक चेकजाँच गरेका थिए। सो क्रममा नेपाल प्रहरीका एकजना र सशस्त्र प्रहरीका एकजना कर्मचारी तस्करी नियन्त्रणमा सक्रिय नभएको देखिएपछि दुवैलाई निलम्बन गर्न निर्देशन दिइएको हो।
प्रमुख जिल्ला अधिकारी अधिकारीले सीमा क्षेत्रमा तस्करी रोकथामका लागि कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
भिडियो स्रोत समाजिक संजाल
